काठमाडौं। वैशाख २६ गते सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा सञ्चारकर्मीहरुले काठमाडौंमा मानवसाङ्लोे बनाएर प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघको दोस्रो चरणको आन्दोलनअन्तर्गत् सञ्चारकर्मीहरुले शनिबार बबरमहलदेखि माइतीघर मन्डलासम्म आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो।

मानवसाङ्लो बनाउनुपूर्व पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्ष र विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले सरकारले राष्ट्रियसभामा पेस गरेको मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्।
प्रकाशन मिति–२०७६ साल जेठ २५ गते शनिवार ।