काठमाडौं। मिर्गौला रोगवाट पीडित बरिष्ठ फोटोपत्रकार आशाकाजी महर्जनको उपचारका लागि सहयोग रकम हस्तान्तरण भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा फोटोपत्रकार महर्जनलाई सहयोग हस्तान्तरण गरिएको हो।

नगद ५९ हजार १० रुपैया हस्तान्तरण कार्यक्रममा विभिन्न महानुभावहरुले काठमाडौंको ओमबहाल स्थित ओलम्पस क्लबमा आयोजित कार्यक्रममा अन द स्पट हस्तान्तरण गरिएको हो। नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा आइपुगेका ३ नंबर प्रदेशका सांसद राजेश शाक्यले पनि नगद ५ हजार सहयोग गरेका थिए।

सहयोग हस्तान्तरण गर्दै सांसद शाक्यले पत्रकार सहयोग कोष स्थापना गर्न आफूले ३ नंबर प्रदेशवाट सक्दो पहल गर्ने बचन दिएका छन्। कार्यक्रममा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि समाचार तथा फोटोको माध्यमवाट जनतालाई सुसूचित गर्ने पत्रकारहरु डरलाग्दो रोगका कारण कठिन अवस्थामा पुग्दा सवैले सहयोग गर्नुपर्ने आवश्यकता माथि जोड दिएका थिए।

आयोजक नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा पत्रकार आशाकाजी महर्जन सहयोग समिति गठन भएको थियो। सोही समिति मार्फत सवैतिर पहल भएर पहिलो कार्यक्रम भएको दबूका केन्द्रिय महासचिव सुनिल महर्जनले बताएका छन्। दबूले यसप्रकारको कार्यक्रम ललितपुर लगायतका स्थानमा पनि गर्दैजाने पनि भनेको छ।

विगत ३० बर्षदेखि निरन्तर फोटोपत्रकारिता गर्दैआएका फोटोपत्रकार आशाकाजी महर्जनले नेपालभाषाको विश्वभूमि दैनिक हुंदै महानगर, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट लगायतका दर्जनौ पत्रिकाहरु मार्फत फोटोपत्रकारिता गर्दै पत्रकारितामा अटुलनिय योगदान दिदैआएका हुन्।

प्रकाशन मिति–२०७५ साल मंसीर २१ गते शुक्रवार।