काठमाडौं। मिसेस गुरुङका फस्ट रनरअप पूजा गुरुङको दिनचर्या लकडाउनले गोलमाल नै बनाइदिएको छ। दिन गोलमाल अनि समय गोलमाल तथा विजनेश नै गोलमाल भएको बताउने मिसेस गुरुङ पूजा गुरुङ कोरोनाभाइरसवाट बच्न र बचाउन आफ्नो पनि कर्तव्य भएको स्वीकार्छिन्।

अत्यवश्यक काम नपरिकन वाहिर नजान अनुरोध गर्दैआएकी मिसेस गुरुङ पूजा गुरुङ आफ्नो सानो पसलको व्यापार पनि ठप्पै भएको कारण घर–वारीकै पाटामा बसेर शारीरिक अभ्यास गर्ने तथा बारीको पाटामा गोडमेल गर्ने कामवाटै टाइमपास गर्दैै गरेको बताएकी छन्।

काठमाडौंको टोखा नगरपालिका बाँनियाटार जाल्पाचोकमा बसोबास गर्दैआएकी पूजा गुरुङ विषम परिस्थितिका कारण आफूले भनेर हुने स्थानवाट राहत समन्वय गरेर वितरण गर्ने र गराउने कार्यमा पनि सक्रियता देखाउंदै आएकी छन्।

लकडाउन पनि दुई महिना पूरा भएर तीन महिनामा प्रवेश भैसकेको वर्तमान अवस्थामा धेरैको चुल्हो बल्न छाडेकोमा चिन्ता व्यक्त गर्दै विपन्न ज्याला मजदुरी गर्ने देखि सवैलाई उचित राहत दिने कार्य सरकारवाट हुनुपर्ने माग पनि मिसेस गुरुङ पूजा गुरुङले गरेकी छन्।


प्रकाशन मिति–२०७७ साल जेठ ११ गते आइतवार ।