–श्याम स्मृत
काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरियन्टको कारण नेपाल पनि दोश्रो चरणको कोरोना महामारीको चपेटामा परेको छ। यो कोरोनाको महामारीमा आत्म विश्वास बलियो बनाउन सकेमा कोरोनालाई जित्न सकिन्छ भन्ने धेरै उदाहरणहरु भएको अवस्थामा सामाजिक सञ्जालमा कोभिडबाट मृत्यु भएकाहरुको फोटो र श्रद्धाञ्जली दिने होडबाजी भैरहेको छ ।

जुन अत्यन्त नकारात्मक कार्य भएको सन् २०२० मा मलेसियाका क्वालालाम्पुरमा आयोजित मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड बनेर नेपालको गौरब र शान बढाउन सफल नेपाली सेलिब्रेटी मिसेस टुरिजम शिलास्मा हमालको ठहर रहेको छ।

शिलास्मा हमालले कोरोना संक्रमित भएर हस्पिटलमा जीवनको लडाई लडिरहेका र होम आइसोलेशनमा बसेकाहरु पनि सामाजिक सञ्जाल चलाईरहेका हुन्छन् । उहाँहरूको हौसला टुट्न सक्छ, डिप्रेस हुन सक्छन्। उहाँहरुको आत्म विश्वास गिर्न सकिने भएकोले त्यसप्रकारका नकारात्मक सन्देश तथा भयावह वनाउने खालका फोटो तथा स्टाट्स पोस्टहरु नराख्न हुन आग्रह तथा अनुरोध गरेकी छन्।

बरु कोभिड जितेर आएकाहरुलाई घर र समाजमा स्वागत गर्ने कार्य मात्र नगरिकन नयाँ जीवन पाएकाहरुलाई उपहार दिएको जस्ता हौसलामय प्रेरणादायी फोटो तथा निको भएका अनि राम्रो भएको मात्र समाचारहरु पोस्ट गर्दा कोरोनाको कारण हारेका मनहरुले पनि जित्ने प्रेरणा पाउने जिकिर शिलास्मा हमालले गरेकी छन्।

कोरोना कहरको यो कठिन समय छ, आफू पनि विचलित नहोऊँ, अरुलाई नी विचलित नबनाऊँ भन्ने सन्देश दिने कार्य गर्दैआएकी मिसेस व्युटीसियन नेपाल समेत रहेकी शिलास्मा हमालले कोरोनाभाइरसको महामारीमा यसवाट बच्ने प्रमुख उपाय भन्नु नै नाक र मुख छोप्ने गरेर मास्क लगाउने, सोसियल डिस्टान्स मेन्टन गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु प्रयोग गर्नु नै हो भनेकी छन्।

कोरोना महामारीको विषम स्थितिमा लकडाउनका कारण असहाय तथा विपन्न वर्ग मात्र नभइकन सवै चर्को मारमा रहेको छ। यस्तो अवस्थामा आफूहरुले सक्दो सहयोग गर्ने कार्य गर्नु मानविय धर्म भएको वताउने शिलास्मा हमालले गत बर्ष लकडाउनमा धेरै स्थानमा असहाय तथा विपन्न वर्गलाई सक्दो सहयोग गर्ने कार्य गरेकी थिइन्।

यो बर्ष कोरोनाभाइरसको नयाँ भेरियन्टको दोश्रो चरणको कोरोना महामारीको कारण भएको लकडाउनमा पनि विपदमा परेकाहरुलाई सामाजिक रुपमा सक्दो सहयोग गर्ने र गराउने कार्यमा आफू नचुकेको शिलास्मा हमालले वताएकी छन्।

सानैदेखि सामाजिक सेवा गर्ने कार्यमा अत्यन्त जागरुक शिलास्मा हमालले महानायक राजेश हमाल देखि नेपालको फस्ट हर्रर गायक समिर हमालसम्मका गीतका भिडियोहरुमा बुलन्द अभिनय गरिसकेकी छन्।

पछिल्लो समय ख्यातिप्राप्त गायिका देविका बन्दनाको राष्ट्रिय गीतमा समेत अभिनय गरिसकेकी शिलास्मा हमालको व्यक्तित्व अनुरुप सोच पनि बोल्ड रहेको छ। मानिसले जिन्दगीमा कहिलेपनि हार सोच्न नहुने र खुशी पाउन खुशी दिन सक्नु पर्दछ भन्ने अवधारणा नै आफ्नो सफलताको प्रतिक हो भनेर शिलास्मा हमालले भनेकी छन्।

मलेसियामा विसं.२०७६ पुस १९ गते शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० को फाईनलमा २१ देशका विवाहिता महिलाहरुलाई धेरै पछि पारेर मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को ताज शीरमा पहिरिदाको त्यो क्षणलाई जिन्दगीमा कहिलेपनि भुल्न नसकिने शिलास्मा हमालले बताएकी छन्।

मिसेस टुरिजम नेपाल इन्टरनेशलको ताज जितेर मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को ताज पहिरिदासम्मको गौरबमय यात्राले सामान्य गृहिणीवाट रातारात विश्वकै सेलिब्रेटी हुनुको गौरबतालाई निरन्तर कायम गरेर अगाडि बढे्की
शिलास्मा हमालले सामाजिक सेवामा अग्रता कायम गरेकी छन्।

दुई छोराकी आमा शिलास्मा हमाल आमा हुनुको गौरबतालाई कायम गर्न घरैमा असहाय दुई छोरीलाई माया–ममता दिएर प्यारले हुर्काउने कार्य पनि गर्दैआएकी छन्। घरवाटै समाज सेवाको दियो बालेर विश्वलाई समाज सेवाको उदाहरण दिने महान कार्य शिलास्मा हमालवाट भएको छ। जुन अनुपम नै भएको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ १ गते शनिवार ।