काठमाडौ। लोक दोहोरी गायिका एवंम मिसेस ब्युटी क्वीन २०१८ नेपालको सेकेन्ड रनरअप विष्णुमाया पौडेलले लोक दोहोरीकै गीतमा मज्जाले मोडलिङ गरेकी छन्। लोक दोहोरी भाका मिल्ने साथीमा विष्णुमायाले मोडलिङ गरेकी हुन्।

राजेन्द्र सुवेदीको शब्द संकलन रहेको यस गीतमा विष्णुमायाका साथमा नवनायक विशाल शर्मा (लक्की)को अभिनय रहेको छ। स्वर गायक लभ कुमार भट्ट र गायिका स्मृति शाहीको रहेको छ। सुर–संगित डिजिटल स्टुडियोमा रेकर्ड भएको यो गीतको छायांकन हरि महराले गरेका छन्। सम्पादन मनोज कार्कीले गरेका हुन् ।

यसमा ध्वनी मिश्रण सन्तोश पौडेल र संगीत संयोजन महेश विक्रम पाण्डेको रहेको छ। यो गीतलाई गोरखा चौतारी म्युजिकले तयार पारेको हो। निर्देशन लबकुमार भट्टले गरेका हुन्। यो गीत मार्फत सामाजको यर्थाथ विषय वस्तुलाई चित्रण गर्ने प्रयास भएको छ। एउटा केटा र केटी सँगै हिँडदैमा, बोल्दैमा गलत सोच राख्ने नेपाली समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने सन्देश दिएको छ।प्रकाशन मिति–२०७५ साल असार ५ गते मंगलवार ।