काठमाडौं। धनगढीमा सम्पन्न मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि रोशन खत्री र आस्था पाण्डेयले जितेका छन्। अप इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आयोजित मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको फाइनल कार्यक्रममा खत्री र पाण्डेयले मुख्य उपाधि जितेका हुन्।

प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनर्सअप र अनामिका न्यौपाने सेकेन्ड रनर्सअप भए भने पुरुषतर्फ साहिल खड्का फष्ट रनर्सअप र हेम सागर मल्ल सेकेन्ड रनर्सअप भए।

प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्व प्रधानसेनापति रुक्माङगद कटुवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झा र पुष्कर ओझा निर्णायक रहेका थिए।

हरेक वर्ष आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामध्ये मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो।
प्रकाशन मिति–२०७६ साल मंसिर २४ गते मंगलवार ।