mr-koshi-2016-in-biratnagar-1विराटनगर । नगद दुई लाख सहितको यो बर्षको मिस्टर कोशीको उपाधि विराटनगरकै १८ बर्षिय शुभम कार्कीले जितेका छन्। विराटनगरको वीरेन्द्र सभागृहमा शनिवार आयोजित समारोहमा कार्कीले यो बर्षको मिस्टर कोशी २०१६ को जित हासिल गरेका हुन्।

mr-koshi-2016-in-biratnagar-2

१३ जना प्रतिस्पर्धी वीच भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पेरिस सुवेदी फस्ट रनर अप बनेका छन्। जसले नगद ५० हजार वरावरको टुर प्याकेज जितेका छन्। उनी यसअघि भएको मिस्टर एसएलसीको विजेता पनि हुन्। सेकेण्ड रनरअप भने अब्बु बक्कर रयन बने । जसले नगद २५ हजार बराबरको किनमेल प्याकेज पाएका छन्।

mr-koshi-2016-in-biratnagar-4

विराटनगरको जय मिडिया म्यानेजमेन्टवाट आयोजित मिस्टर कोशी २०१६ को प्रमुख आकर्षणमा नेपालकी चर्चित मोडल तथा नायिका एवम् बुटिक डिजाइनर क्षितिजा शाक्य र बलिउडका मोडल तथा नायक दीपक आनन्द भए। यी दुईको उपस्थितिले मिस्टर कोशी २०१६ लाई अझ बोल्ड बनाउने कार्य भएको थियो।

mr-koshi-2016-in-biratnagar-5

प्रमोद बंशलको कोरियोग्राफी तथा बलिउड मोडल तथा नायक दीपक आनन्दको प्रमुख आतिथ्य तथा नेपालकी चर्चित मोडल तथा नायिका क्षितिजा शाक्य र अर्की नायिका सुमिना श्रेष्ठ र सञ्चारकर्मी रोशन घिमिरे सम्मिलित निर्णायक मण्डलको निर्णयवाट मिस्टर कोशी २०१६ अत्यन्त भव्य रुपमा संपन्न भएको थियो।

mr-koshi-2016-in-biratnagar-6

आयोजक जय मिडियाका प्रवन्ध–निर्देशक जय राज रायले मिस्टर कोशी २०१६ पूर्वीनेपालको सफल प्रतियोगिताको रुपमा आफूहरुले संपन्न गर्न सकेकोमा निक्के खुशी व्यक्त गरे।

कोशी अञ्चलका युवाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएका प्रतियोगितामा कौशल भगतले मिस्टर पर्सनालिटी, अनमोल अधिकारी बेष्ट इस्माईल, प्रविन बोहोरा बेष्ट वल्क, निरज राजवंशी वेष्ट फिजिक्स, प्रयुष विक्रम थापा मष्ट स्टाईल, अवजित मण्डल मिस्टर हेन्डसम, दिपक आचार्य वेष्ट ड्रेसअप, किवा राई वेष्ट डिसिप्लिन घोषित भएका छन्।

Bollywood Actor Deepak Ananda with Kollywood Actress Kshitiza Shakya
Bollywood Actor Deepak Ananda with Kollywood Actress Kshitiza Shakya

प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।