काठमाडौं। मिस एसइइ आइकन २०१८ की नैना खड्गीलाई मातृशोक परेको छ। मिस एसइइ नैना खड्गीको ममतामयी ३८ बर्षिया आमा पल्पसा श्रेष्ठ खड्गीको शुक्रवार दुःखद निधन भएको हो।

रेक्स फेसन होमकी म्यानेजर समेत रहेकी मिस एसइइ आइकन नैना खड्गीकी आमा पल्पसाको उपचारको क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो। यसैवीच नैना खड्गी कार्यरत रहेको रेक्स फेसन होम परिवार तथा रेक्स फेसन होमका सिइओ रेक्स रंजितले शोक समवेदना जारी गरेका छन्।

समवेदनामा गहिरो दुःख व्यक्त गर्दै नैना खड्गी तथा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनेर भगवानसंग प्रार्थना गर्दै समवेदना प्रकट गरेको छ।

प्रकाशन मिति–२०७५ साल फागुन ११ गते शनिवार ।