miss-kavre

काठमाडौ। प्रसिद्ध कोरियोग्राफर राज फैंजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा मिस काभ्रेको आयोजना हुने भएको छ। काभ्रे लेडिज ट्यालेन्ट शो–२०७३ नामाँकरण गरिएको यो कार्यक्रम काभ्रे जिल्लामा रहेका प्रतिभावान युवतीहरुको प्रतिभा प्रदर्शन कार्यक्रम पनि रहेको आयोजक तथा कोरियोग्राफर राज फैंजुले भिजन संसारलाई बताएका छन्।

आठौ बर्षको संस्करण रहेको आठौं मिस काभ्रे २०७३ मा उत्कृष्ठ ठहरिएका १० जना प्रतिस्पर्धी सुन्दरीहरु वीच यही पुष २ गते फाइनल राउण्ड काभ्रेको बनेपामा हुने भएको छ। बौद्धिकतासहितको सौन्दय भन्ने नारा यस मिस काभ्रे २०७३ को रहेको छ। जसको लागि हाल काभ्रेको बनेपामा अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ।

miss-kavre-1

यसैवीच आयोजक र प्रतियोगीहरुको तर्फबाट बनेपास्थित बौद्ध बृद्धाश्रममा जाडोको न्यानो सामाग्रीका साथै खानेकुरा पनि वितरण गर्ने कार्य भएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।