काठमाडौं। कराओके ईन्टरटेन्मेन्टको नयाँ प्रस्तुति मिस टिन नेशनल २०२०सम्पन्न भएको छ। मानव भएर बाच्न र बचाउन नैतिक शिक्षाको आवश्यकतालाई विशेष जोड दिदै सामाजिक जिम्मेवारी वहन गर्न र गराउने प्रमुख उदेश्य वोकेर मिस टिन नेशनल २०२० बालाजु बाइपासस्थित अष्टनारायण हलमा सम्पन्न भएको हो।

यो बर्षको मिस टिन नेशनल २०२० को ताज निकी कार्कीले जितेकी छन्। मिस ट्यालेन्ट, मिस क्याट वाक, बेस्ट हेअर र मिस फ्रेण्डसीप लगायतका सवटाइटल पनि कार्कीले जितेकी छन्। अलिशा आचार्यले फस्ट रनरअप बनेकी छन्। साथमा उनले मिस पर्सनालिटी, मिस फोटोजेनिक र बेस्ट ड्रेस टाइटल अवार्ड पनि जितेकी छन्। त्यस्तैगरेर, स्नेहा जैशवालले सेकेन्ड रनरअप बनेकी छन्। उनले मिस पपुलर र भ्युअर्स च्वाईस अवार्ड पनि जित्न सफल भएकी छन्।

पुष्पा पोखरेलले मिस कन्फिडेन्ट, सुहाना महर्जनले मिस डिसिप्लेन र प्रतिमा थापाले बेस्ट स्किन टाइटल अवार्ड जितेका छन्। आयोजक कराओके ईन्टरटेन्मेन्टका अध्यक्ष तथा प्रमुख निर्देशक खगेश रञ्जितकारको सभापतित्वमा भएको मिस टिन नेशनल २०२० को प्रमुख आतिथ्यता शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले गरेका थिए।

कार्यक्रममा बिशेष अतिथि भुरुन्खेल क्लवका अध्यक्ष बिजु श्रेष्ठ, नृत्य निर्देशक रुबी लामा थिए। निणार्यक मण्डलमा प्रमुख निर्णायक गायक निर्णय श्रेष्ठ, गायीका बुनु राई मानन्धर, मेकअप आर्टिस्ट अस्ला महर्जन, डान्स कोरीयोग्राफर ईन्ता चाम्लिङ्ग, प्रोफोमर गायक प्रशान्त श्रेष्ठ, बिटबक्सर बिपल तामाङ्ग र कोर्डीनेटर रोशन मगर, बरिष्ठ भिडियो सम्पादक मनोजरत्न शाहीको समेत विशेष उपस्थिति रहेको थियो।

मिस नेशनल र मिस्टर नेशनलको अपार सफलता पछि यो बर्षबाट मिस टिन नेशनलको पनि आयोजना गरि बिजेतालाई बिशेष कलेजको छात्रवृत्ति दिई शिक्षा क्षेत्रलाई टेवा दिन नै यो कार्यक्रमको आयोजना गरेको कुरा आयोजक कराओके ईन्टरटेन्मेन्टका अध्यक्ष तथा प्रमुख निर्देशकखगेश रन्जितकारले वताएका छन्।

कार्यक्रममा वरिष्ठ र्यापर तथा गायक निर्णय श्रेष्ठ, फेमश गायिका बुनु राई मानन्धर , गायक प्रशान्त श्रेष्ठ र बिट बक्सर बिपल तामाङ्गले उत्कृष्ट प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन कलेज मिस नेशनल स्नेहा भट्टराईले गरेकी हुन।

डान्स ग्रुप क्विन बिजले भब्य डान्स प्रस्तुत गरेका थिए। बडा दशैंको माहोलमा ट्यालेन्ट शो र फाईनल एकै दिन एकै प्राङ्णमा गर्दा सामाजिक दूरी कायम गरेर सहभागिता जनाएका सवैले अत्यन्त रमाइलो महशुश गरेको दावी आयोजक समितिले गरेको छ।


प्रकाशन मिति–२०७७ साल कात्तिक ११ गते मंगलवार ।