kshitiza-shkya-in-judgement-1

काठमाडौ। चर्चित नायिका एवम् मोडल तथा अर्गानिक बुटिक डिजाइनर क्षितिजा शाक्यको जजमेन्टमा विभिन्न फेसन–शो लगायत व्युटी पेजेन्टहरु हुंदैआएको छ। यसैक्रममा यल इभेन्टस् सोलुसनव्दारा आयोजित मिस टिन नेशनल २०१६ को जजमेन्ट गर्ने कार्यमा नायिका शाक्यको अग्रता कायमै रह्यो।

kshitiza-shkya-in-judgement-2

पत्रकार डब्बु क्षेत्रीको चिफ जजमेन्टमा भएको जजिङ्गमा नायिका शाक्यको क्वइसन सोध्ने बेग्लै स्टाइल कन्टेस्टरहरु माझ अत्यन्त लोकप्रिय बनेको थियो । शनिवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा भएको उक्त कन्टेस्टमा १४ टिनएजर सुन्दरीहरुको कम्पिटिसन परेको थियो। जसमा सिमरन पन्थी मिस टिन नेशनल २०१६ बनेकी थिइन्।

kshitiza-shkya-in-judgement-3

फस्ट रनरअप मिनी तामाङ्ग र सेकेण्ड रनरअप ज्योति थापा भएकी थिइन्। थर्ड रनरअपमा सिर्जना पाण्डे र मस्ट पपुलरको अवार्ड सिन्थिया श्रेष्ठले जितेकी थिइन्। मोहन्ना खड्काले आयोजना गर्न लागेको दशैं उत्सव फेसन–शोमा एक्स्ट्रा गेटअपमा क्याटवाक गर्ने तर्खरमा रहेकी नायिका शाक्यले मिस्टर कोशीमा पनि विशेष सहभागिता जनाउने भएकी छन्। त्यसको लागि दशैंको लगतै उनी विराटनगर जाने भएकी छन्।अरु विभिन्न इभेन्टहरुमा पनि जजमेन्ट गर्नका लागि दर्जनौ अफर आइरहेको उनले भनेकी छन्।

kshitiza-shkya-in-judgement-4प्रकाशन मिति–२०७३ साल असोज ९ गते आइतवार ।