काठमाडौं। मिस नेपालहरुलाई पहिलोपल्ट नायिका बनाउने गायक अरु कोही नभइकन चर्चित गायक सीताराम पोखरेल नै हुन। गायक पोखरेलले पहिलो मिस नेपाल रुबि राणा देखि सुमी खड्कासम्मलाई नायिका बनाएर चर्चामा ल्याएका थिए।

मिस नेपालहरुलाई नायिका बनाउन आँट गर्न नसकेकोको त्यो पचासको दशकमा मिस नेपालहरुलाई एक पछि अर्को गरेर आफ्ना गीतका भिडियोमा धमाधम नायिका बनाउने गायक पोखरेलका हालसम्म पच्चीसवटा गीतका भिडियो निर्माण भैसकेका छन्।

ती भिडियोहरुमा मिस नेपाल पछि गायक पोखरेलले नेपाली चलचित्रका नायिकाहरुलाई नै नायिका बनाएका छन्। रञ्जना शर्मा देखि निशा अधिकारी तथा प्रियंका कार्कीसम्मलाई आफ्ना गीतका भिडियोमा नायिका बनाएर उनीहरुलाई तहल्का नै मच्चाएका छन्।

सातवटा एल्बम निकालिसकेका यिनै गायक पोखरेललाई नेपाली जैकी श्राफ पनि भन्ने गरेको छ। भारतीय ख्यातिप्राप्त अभिनेता जैकी श्राफको अनुहार तथा हाइट कदसंग हल्का मिल्ने गरेको कारण पोखरेललाई नेपाली जैकी श्राफ पनि भनिएको हो। केही नेपाली चलचित्रमा अभिनय पनि गरिसकेका गायक पोखरेल फिल्मी अभिनयमा भन्दा गायनमा नै मनगमगन रहेका छन्।

सामाजिक अभियन्ता तथा समाजसेवीको रुपमा पनि उचाई कायम गरिसकेका गायक सीताराम पोखरेल नेपाल आयल निगमका विशिष्ट श्रेणीका कर्मचारी भएर ३० बर्षे सेवा अवधि पूरा गरेर हाल सेवानिवृत जीवन विताइरहेका छन्।

सेवानिवृत जीवनमा पनि अत्यन्त व्यस्त गायक पोखरेल यतिखेर कोरोनाभाइरसका कारण सेल्फ क्वारेन्टाइनमा आम नेपालीहरु जस्तै घरैमा बसिरहेका छन्।

भिजन संसार डटकम घरैमा पुगेर गायक पोखरेलसंग लिइएको भिडियो अन्तरवार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ–

 

प्रकाशन मिति–२०७६ साल चैत ९ गते आइतवार ।