Miss Nepal Ashmi Shrestha 6काठमाडौ। हरेक सुन्दरीको मिस नेपाल बन्ने सपना हुने गर्छ। ती सवै सुन्दरीहरुको मिस नेपाल बन्ने सपना पूरा हुंदैन। मिस नेपाल बन्न सुन्दरताको अलावा बौद्धिक ट्यालेन्ट पनि हुनु आवश्यक छ। ब्रेन एण्ड व्युटीवाट नै मिस नेपाल छान्ने गरिएको छ। यही ब्रेन एण्ड व्युटीवाट यो बर्ष चितवनकी २२ बर्षिय अश्मी श्रेष्ठ मिस नेपाल बनेकी छन्।

Miss Nepal Ashmi Shrestha 5

मिस नेपाल बन्नुलाई आफूले जीवनकै बेग्लै गौरब तथा शानको रुपमा लिएको मिस नेपाल अश्मीले बताएकी छन्। बीबीएको अध्ययन पूरा गरिसकेकी अश्मी मिस नेपाल हुनुअघि आफू सामान्य युवती भएतापनि मिस नेपाल बनेपछि रातारात सेलिब्रेटी बनेको प्रतिक्रिया व्यक्त गरेकी छन्।

Miss Nepal Ashmi Shrestha 2

यो बर्ष हुनगैरहेको मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेर भाग लिन जाने तयारीमा रहेकी उनी मिस वल्र्डमा मिस वल्र्ड बन्ने सोचमा पनि रहेकी छन्। भोलिको दिनको बारेमा आजै भन्न नसकिने भएतापनि प्रयत्नले नै सफलताको शिखर चुम्न मदत गर्ने धारणा व्यक्त गरेकी छन्। सहयोगी प्रकाशन गृह साप्ताहिकका फोटोपत्रकार महेश प्रधानको क्यामेरामा खुलेकी मिस नेपाल अश्मी श्रेष्ठका फोटोहरु चित्ताकर्षक देखिएका छन्।Miss Nepal Ashmi Shrestha 1
प्रकाशन मिति–२०७३ साल बैशाख ७ गते मंगलवार ।