वाशिंगटन डिसी। अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्त भएकी छन्।

अमेरिकामा कार्यरत रहेका पत्रकार विजय थापाका अनुसार, टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको हो।

मिस नेपाल यूएस २०१८ को बिजेतालाई ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ। साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् ।

उक्त प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरुले निवेदनहरु दिन सुरु गरि सकेका छन्। जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ।


प्रकाशन मिति–२०७५ साल जेठ २२ गते मंगलवार ।