काठमाडौं। पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लकडाउन हुनुअघि सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन्। लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो।

तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र अरुबेला फिल्ममा व्यस्त हुने आम कलाकार जस्तै फुर्सदको समयलाई म्युजिक भिडियोमा सृष्टिले पनि सदुपयोग गरिरहेका छन् । सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् ।

यही क्रममा सृष्टिले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहीबारवाट सार्वजनिक भएको छ। भिडियोमा सृष्टिले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

प्रकाशन मिति–२०७७ साल साउन ३२ गते आइतवार ।