Miss UK Nepalकाठमाडौ। बेलायतमा हुन गैरहेको पाँचौ मिस युके नेपाल तथा पहिलो मिसेस युके नेपाल दुवै प्रतियोगिताको लागि शनिवार लिएको अडिसनमा पर्याप्त प्रतियोगीहरुको सहभागिता भएन। मिस युके नेपालको अडिसनमा ६ जना र मिसेस युके नेपालको अडिसनमा केवल २ जनाको मात्र सहभागिता भएकोले आवेदन गर्नको लागि म्याद बढाउन आयोजक बाँध्य बनेको आयोजक इभेन्टस एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ्गले भनेकी छन्।

दुवै प्रतियोगिताको लागि आवेदन दिने म्याद मे महिनाको २० तारिखसम्मको लागि बढाइएको आयोजक गुरुङ्गले बताएकी छन्। बेलायतमा रहेका अविवाहिता तथा विवाहिता प्रतिभाशाली युवतीहरुले चाँडो भन्दा चाँडो आवेदन गर्न पनि उनले अनुरोध गरेकी छन्।

Miss UK Nepal

सन् २०१० सालवाट प्रारम्भ भएकोमिस युके नेपालमा प्रतियोगीको संख्या अपुग भएकोले सन् २०१३ र सन् २०१५ मा आयोजना हुन सकेको थिएन। यो बर्षपनि त्यस्तै होला भन्ने डर आयोजकमा देखिएतापनि पछिल्लो समयसम्म पर्याप्त आवेदन पर्ने अपेक्षा गरिएको छ।

आवेदन गर्ने प्रतियोगीहरुको प्रशिक्षण सेसन अगष्ट ८ तारिखवाट शुरु हुने र फाइनल अगष्ट २१ तारिखमा हुने पनि आयोजकले जनाएको छ। प्रतियोगीहरुलाई नेपालकी हटनायिका प्रियंका कार्कीले प्रशिक्षण दिने पनि भनेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २८ गते मंगलवार ।