Misss UK Nepal 2016-Tenisha Rana 2लण्डन। बेलायतमा आइतवार मिस युके नेपाल २०१६ संपन्न भएको छ। राति अबेर संपन्न भएको पाँचौ मिस युके नेपाल २०१६ कडा प्रतिस्पर्धा वीच टेनिसा रानाले जितेकी छन्। अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ्ग हलमा आठ प्रतियोगीहरु वीच भएको उक्त प्रतियोगितामा टेनिसा रानाले मिस व्युटी वीथ प्रपोज र मिस ट्यालेन्ट टाइटल अवार्ड समेत जितेकी छन्।

नेपालको पोखरामा जन्मेकी मिस युके नेपाल २०१६ की विजेता रानाले जित पछि आफू निक्कै उत्साहित बनेको र त्यसको बर्णन गर्न नसकेको बताएकी छन्। मिस युके नेपाल २०१६ भएपछि आफूउपर थप जिम्मेवारी महशुश भएको बताउंदै अवको समय आफू विभिन्न च्यारिटी प्रोग्रामको लागि सक्रिय भएर लाग्ने रानाले भनेकी छन्। लण्डनको क्वीनम्यारी युनिभरसिटीमा राना हाल मेडिसिन विषय अध्ययनरत रहेकी छन्।

Misss UK Nepal 2016-1इभेन्ट एण्ड आइडियाजको आयोजनामा भएको प्रतियोगितामा प्रशंशा लिम्बुले फस्ट रनरअपका साथमा मिस पर्सनालिटी र मिस क्याटवाकको अवार्ड समेत जितेकी छन्। सेकेण्ड रनरअप बनेकी विभिया श्रेष्ठले मिस पब्लिक च्वाइस अवार्ड पनि जितेकी छन्। प्रतियोगीहरुले ओपनिङ्ग सिक्वेन्समा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। इन्ट्रोडक्सन राउण्डमा सवै सुन्दरीहरुले सारीमा सजिएर आफ्नो परिचय दिएका थिए।

Misss UK Nepal 2016-4प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका विज्ञहरु नरेश खपाङ्गीमगर, प्रसुना कँडेल, कमल भण्डारी, गौमाया गुरुङ्ग, डा.प्रियम्बडा पौडेल, एकेन्द्र गुरुङ्ग र राष्ट्र राई थिए। प्रमुख प्रशिक्षण तथा कोरियोग्राफी नेपालकी प्रसिद्ध अभिनेत्री प्रियंका कार्कीले गरेकी थिइन्। कार्यक्रमको प्रमुख अतिथि लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरन थिए।

Misss UK Nepal 2016-3एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए युके अध्यक्ष मुछेत्र गुरुङ्ग तथा आयोजक इभेन्ट एण्ड आइडियाजकी कार्यकारी निर्देशक शान्ति गुरुङ्गले सहभागीहरुलाई शुभकामना तथा बधाई दिएका थिए। कार्यक्रममा गायक धर्मेन्द्र सेवान, गायिका श्रेया सोताङ र आर के स्क्वायर ब्याण्डले गीत गाए भने कबड्डी कबड्डीकी नायिका रिस्मा गुरुङ, अनिता लिम्बु, सागर र काजोल, जीवन पुन लगायतले आकर्षक नृत्य देखाएका थिए।

तस्बिरहरुः मिलन तमू
प्रकाशन मिति–२०७३ साल भदौ ७ गते मंगलबार ।