काठमाडौं। मिस युनिभर्स नेपाल २०२२ को चयन शुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाईन अडिसनबाट चयन भएका हुन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् ।

डाक्टर ढुंगाना वाहेक यी ३९ जनामा बहुसँख्यक प्रतियोगीहरु मोडल रहेको आयोजकले जनाएको छ। केही नयाँ अनुहार पनि छन् । डाक्टर ढुंगानाले गत वर्ष बगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी हुन् । बंगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा.ढुंगाना हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धि सेवा दिईरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा रहेकी छन् ।

छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको पनि उनले बताएकी छिन् । मिस युनिभर्सलमा नग्मा श्रेष्ठले पहिलो पटक सहभागिता जनाएकी थिइन्।
प्रकाशन मिति–२०७९ साल साउन ७ गते शनिवार ।