काठमाडौं। मिस नेपालहरुको इतिहासमा यो बर्षकी मिस नेपालले चीनको सान्यामा शनिवार आयोजित मिस वर्ल्डमा टप–१२ मा पुगेर यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले नयाँ इतिहास रचेकी छन्। मिस नेपालको २४ बर्षको इतिहासमा मिस वर्ल्डमा मिस नेपाल टप–१२ मा पुग्नु नै मिस वर्ल्ड जित्नु बराबर हो।

यसअघिका मिस नेपालहरु यो स्थानसम्म पुग्नै सकेका थिएनन्। उनीहरु कतिपय त टप–१०० पनि नपुग्दै आउट बनिसक्थ्यो। यो बर्ष भने मिस नेपाल श्रृंखला खतिवडाले कम से कम मिस वर्ल्डको टप–१२ सम्म पुगेर नेपाल र नेपालीलाई मिस वर्ल्डको रंगमंचमा विश्वलाई चिनाउन सफलता प्राप्त गरेकी छन्।

स्वदेश तथा विदेशमा रहेका लाखौं–लाखौं नेपालीहरुको अपेक्षामा मिस नेपाल श्रृंखला खतिवडाले केही न केही अपेक्षा पूरा गर्न सफलता प्राप्त गरेकी छन्। अव यसपछिका मिस नेपालहरुको लागि श्रृंखला खतिवडा साहस र आँट बनेकी छन्।

श्रृंखला खतिवडाको यो सफलताले निश्चय पनि आँट र साहस तथा धैर्य अनि व्यापक मेहनत भएमा एकदिन मिस वर्ल्ड बन्ने क्षमता मिस नेपालको पनि हुनेछ भन्ने लक्षण देखाएको छ। जुन अत्यन्त सकारात्मक हो। मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड बन्न नसकेतापनि उनले मल्टिमिडिया र ब्यूटी विद अ पर्पस अवार्ड जितेर नयाँ इतिहास भने कायम गरेकै हो।
प्रकाशन मिति–२०७५ साल मंसीर २२ गते शनिवार ।