rakhi-sawanta-with-mika-singh

काठमाडौ। भारतीय विवादास्पद मोडल तथा अभिनेत्री राखी सावन्त र गायक मीका सिंह वीचको दुश्मनी खतम भएको छ। एक समय दुवै एक अर्काको जानीदुश्मन नै बनेका राखी र मीका हालआएर दुवै दुवैको सपोर्टमा देखिएको भारतीय समाचार माध्यम कोबरा पोष्टले जनाएको छ।

गायक मीका सिंहको कुनैबेलाकी एक्स गर्लफ्रेन्ड राखीले मीकाको पक्षमा खुलेर समर्थन जनाएकी छन्। एक मोडलले मीका उपर लगाएको सवै आरोप झूठो भएको खुलेर त्यसको प्रतिकार गर्ने कार्य राखीले गरेकी छन्। संवन्धकै विषयमा दुवै वीच दूरी पैदा भएतापनि मीका सिंह माथि एक मोडलले डरलाग्दो आरोप लगाएपछि त्यसको खुलेरै प्रतिकार गर्ने कार्य राखीवाट भएपछि उनीहरु दुवैवीचको संवन्ध हाल निक्कै सुमधुर भएको प्रमाणित भएको छ।

दुवै निक्कै खुलेर देखा पर्ने गरेका छन्। बढी खुल्ने क्रममा गायक मीका सिंहसंगको बसाईका क्रममा भित्री बस्त्र अण्डरवेयर देखिएको पनि राखी सावन्तले बेवास्ता गरेको देखिन्छ।
प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।