बरिष्ठ गायिका मीरा राणा
बरिष्ठ गायिका मीरा राणा

काठमाडौ। ६४ बर्षको उमेरमा पहिलो पल्ट गीति एल्वम निकालेकी बरिष्ठ गायिका मीरा राणालाई भारतीय गायिका आशा भोसलेसंग दाँज्ने कार्य भएको छ। जुन कार्यले नेपालको प्रतिष्ठित तथा गायनको आफ्नै शैली भएकी मीरा राणाको अवमूल्यन तथा अपमान भएको जिकिर नेपालका बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्गको रहेको छ।

बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्ग
बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्ग

कुनैपनि नेपालका गायक–गायिकालाई विदेशी गायक–गायिकासँग दाँज्नु उनीहरुको स्वर–साधनाको अवमूल्यन मात्र नभइकन अपमान समेत भएको बताउने गायक थुलुङ्गको नेपाली कलाकारको आफ्नै परिचय र नाम हुनुपर्ने ठहर रहेको छ। कलाकारहरु पनि विदेशी कलाकारहरुसँग दाँजिन पाउंदा दंग पर्न नहुने र आफ्नै परिचयमा बाँच्नु नै नेपाली कलाकारहरुको गौरबता तथा स्वाभिमान हुनुपर्ने तर्क गायक थुलुङ्गले राखेका छन्।

 बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्गका साथमा विभिन्न कलाकार ।

बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्गका साथमा विभिन्न कलाकार ।

कसैको कपीक्याट बनेर कतिपय नेपाली कलाकारले खुलेआम भन्दैआएकोमा पनि असहमति जनाउंदै गायक थुलुङ्गले त्यसो भन्न नहुने र गर्न नहुने कुरामा जोड दिन्छन्। कसैवाट प्रभावित बनेतापनि आफ्नो गायनको शैली आफैले बनाउनु पर्छ र कागलाई नक्कली मजुर बनाउने कार्य मिडियाले पनि गर्न नहुने तर्क थुलुङ्गको रहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।