काठमाडौ। मुग्लिन–नारायणगढ सडकखन्ड यही असार २५ गते आइतवार देखि राति बन्द गरिने भएको छ । बिहीबार भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको हो।

Narayanghat Mugling Road 2बैठकले साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सो सडकमा सवारी–साधन चल्न नदिने निर्णय गरेको हो। निर्णयानुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी–साधनहरु साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिनेछन्। यस्तै, मुग्लिनबाट नारायणगढतर्फ जाने सवारी–साधनहरु पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरिएको छ।

Narayanghat Mugling Road 1सडक विस्तारको क्रम चलिरहेको उक्त सडकमा वर्षासँगै दुर्घटनाका घटना बढेकाले सडक बन्द गर्नुपरेको जनाइएको छ । आवत–जावत बन्द गरेर सडक निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने निर्णय पनि गरिएको छ।

प्रकाशन मिति–२०७४ साल असार २३ गते शुक्रबार ।