ललितपुर । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।

पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताएका छन्। प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । किटानी जाहेरी भने परेको छैन्।

ललितपुरको सानेपास्थित पूर्वसचिव कार्कीको घरमा माघ २७ गते बिहान कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए ।
प्रकाशन मिति–२०७६ साल माघ २९ गते बुधवार ।