विराटनगर। नेपालका चर्चित गायक सीताराम पोखरेल प्रत्येक बर्षको अक्टोबर ४ तारिखका दिन जन्म दिन मनाउने गरेका छन्। जन्म दिनका अवसरमा समाज–सेवा गर्ने कार्य दशकौं देखि गायक पोखरेलले गर्दैआएका हुन्। यो बर्ष पनि गायक पोखरेलले जन्म–दिनका अवसरमा समाज–सेवा गर्ने कार्य गायक पोखरेलवाट भएको हो।

यस अवसरमा गायक पोखरेलले आफ्नो सातौं एल्बम ‘अल्कोहलिक लभ’ पनि सार्वजनिक गरेका छन््। विराटनगरको मुसहर बस्तिमा गायक पोखरेलले एल्बम बिमोचन गरेका हुन् । बिराटनगरको जरैयामा रहेको मुसहरबस्तिका सबैभन्दा बृद्ध बलदेवरिभव देव, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, प्रेस युनियनका मिन कुमार, दरैया वडा अध्यक्ष मनोज सुब्बा लगायतले एल्बम सामुहिक बिमोचन गरेका थिए।

कार्यक्रममा गायक पोखरेलले मुसहर बस्तिका बालबालिकाको लागि स्टेशनरी र मिठाइ वितरण गर्नुका साथै त्यहाँ बन्ने भवनका लागि आफूले वाइरिङको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल असोज १७ गते शुक्रवार ।