Farmula Ansari Congressकाठमाडौ। नेपाली कांग्रेसको नयाँ नेतृत्वको चयनको लागि भएको केन्द्रिय सदस्य पदको चुनावमा मुस्लिम कोटावाट फर्मुल्लाह मन्सुर निर्वाचित बनेका छन्। केन्द्रिय सदस्यहरुको भैरहेको मतगणना नतिजामा फर्मुल्लाह १३ औं महाधिवेशनवाट पहिलो केन्द्रिय सदस्य बनेका छन्। उनले १२२२ मत पाएको पुष्टि भएको छ। उनका निकटतम प्रतिव्दन्दी मोहम्मद आफताव आलमले १०४४ मत पाएका छन्।

बारा जिल्लाका फर्मुल्लाह यसअघि पनि केन्द्रिय सदस्य थिए। उनी बर्तमान सांसद पनि हुन्। उनी देउवा प्यानलवाट विजयी वनेका हुन्। खुल्लातर्फको मतगणना जारी नै रहेको छ। जसमा देउवा प्यानलको नै अग्रता रहेको छ।

टप वाह्रमा खुमवहादुर खड्का, प्रकाशमान सिंह, डा.शेखर कोइराला, प्रदीप पौडेल, बालकृष्ण खाँड, विमलेन्द्र निधि, महेश आचार्य, रमेश लेखक, प्रदीप गिरी, पूर्णवहादुर खड्का, डा.रामशरण महत र सुजाता कोइराला देखिएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन २८ गते शुक्रवार ।
विहान २.३० बजे ।