काठमाडौं। नेपाली चलचित्र उद्योगका मूर्धन्य स्रष्टा सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको दुःखद निधन भएको छ। आइतवार कार्कीकको ८४ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको छाउनी स्थित आर्मी अस्पतालमा निधन भएको हो।

गत आइतबार विरामी भएपछि मूर्धन्य स्रष्टा कार्कीलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो। कार्कीको आज आइतवार बिहान १० बजे उपचारका क्रममा निधन भएको जनाइएको छ।

मूर्धन्य स्रष्टा चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, कार्कीले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन्।

कार्कीले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए। कार्कीको निधनको बारेमा नखुलेपनि चलचित्रकर्मी श्रीदेब बिएलका अनुसार, हर्ट-अटेकका कारण कार्कीको निधन भएको हो।
प्रकाशन मिति–२०७८ साल जेठ २ गते आइतवार ।