काठमाडौ। लामो समयदेखि बेलायत बस्दैआएका नेपालका प्रसिद्ध कवि तथा साहित्यकार डा. कविताराम श्रेष्ठको निधन भएको छ। आइतवार लण्डनको सेन्ट पिटर हस्पिटलमा नेपाली समयअनुसार ४ बजे निधन भएको हो।

Late Dr.Kabita Ram Shrestha.

सन् २०१२ सालमा डा.श्रेष्ठको बोसेआन्द्रामा क्यान्सर भएको थियो। त्यसलाई तत्काल अपरेशन गरेर फालिएको थियो। फेरि त्यो फोक्सोमा संक्रमित हुन पुगेको डा.श्रेष्ठले जीवित कालमा नै काठमाडौमा भिजन संसारसंगको कुराकानीको क्रममा भनेका थिए।

सोही कुराकानीमा गत वर्ष जुलाईमा उनलाई बेलायतको डाक्टरले साढ़े ३ देखि ६ महिना भित्र मेरो मृत्यु हुने डेथ डेट दिएको सुनाएको बताएका थिए। तरपनि, मृत्युलाई जित्नुपर्दछ र बेडमा थला नपरेसम्म मेरो बारेमा केही समाचार नलेख्नु भनेका डा.श्रेष्ठले डेढ बर्ष मृत्युलाई जितेका थिए।

नेपाल र बेलायत आते–जाते क्रममा अत्यन्त हसमुख र खुशी देखिने गरेका उनले मृत्युलाई डेढ बर्षअगाडि नै देखिसेका थिए। तरपनि, त्यसलाई लुकाउने असफल प्रयास गर्दा–गर्दै सफल बन्न सकेन।

मृत्युलाई डा.श्रेष्ठले जित्न सकेन। अन्ततःलण्डनको सेन्ट पिटर हस्पिटलमा दुःखद निधन भयो। ७० बर्षका डा.श्रेष्ठको लेखन, निर्माण तथा निर्देशन गरेको मुक्ति–संघर्ष नामक डकुमेन्ट्री फिल्मले धेरै विश्व विख्यात पुरस्कार पाएको थियो।

नेपाली समसामयिक कविता तथा साहित्यमा धेरै कलम चलाएका साहित्यकार डा.श्रेष्ठको निधनले यो क्षेत्रमा अपुरणिय क्षति भएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ३ गते आइतवार ।