काठमाडौं। काराओके इन्टरनेटेन्मेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेस रन्जितकार एवम् साधना व्युटी पार्लरका व्युटी एक्सपर्ट साधना श्रेष्ठ रन्जितकारको सहोदर सुपुत्री फेमश मेकअप आर्टिष्ट एवम् मोडल सञ्जु रन्जितकार श्रेष्ठले जन्मदिनको अवसरमा जाडोको यो मौसमममा कम्बल वितरण गर्ने घोषणा गरेकी छन्।

मेकअप आर्टिष्ट एवम् मोडल सञ्जु रन्जितकार श्रेष्ठले केहीदिन भित्र बृद्ध–बृद्धाहरुलाई कम्बल वितरण गर्ने घोषणा गरेकी हुन्। जन्म दिनलाई प्रभावकारी र फलदायी वनाउन हरेक बर्ष सामाजिक कार्य गर्दैआएकी मोडल सञ्जुले यो बर्ष बृद्धाश्रम पुगेर बृद्धाहरुलाई कम्बल वितरण गरेर न्यानो तथा तातो दिने निर्णय गरेकी छन्।

कलंकीमा आयोजित जन्म दिन उत्सवमा मोडल सञ्जुका सहोदर भाइ एवम् कोरियोग्राफर तथा मोडल रेक्स रन्जितकार, सञ्जुका श्रीमान चर्चित मोडल अभिलेश श्रेष्ठ, मोडल रेश्मा श्रेष्ठ लगायतका मोडलहरुको विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७७ साल मंसीर ६ गते शनिवार ।