Mexico Crimeकाठमाडौ। मेक्सिकोको उत्तरी राज्य सिनालोआमा गरिएको प्रहरी कारवाहीमा कम्तिमा १९ जना बन्दुकधारी मारिएका छन् । संघर्षमा पाँच जना प्रहरी घाईते भएका छन् ।

भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अगुएजे शहरमा आएर टुंगिएको थियो । लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि यस क्षेत्रमा संघर्ष तीब्र बनेको छ।

प्रहरीले हतियारधारी समूहका चार सवारी साधन र १५ राइफल बरामदसमेत गरेको छ। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल असार १८ गते आइतवार ।