Mexico Earthquake 7काठमाडौ। मेक्सिकोमा त्यहाँको समय अनुसार विहीवार राति गएको शक्तिशाली महाभूकम्पमा परी मर्नेको संख्या ५८ पुगेको छ । दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर शुक्रबार ८ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो।

भूकम्पका कारण कम्तिमा दुई सय जना घाइते भएका छन् । त्यो भन्दा पनि बढी घाइते भएको अनुमान गरिएको छ। भूकम्पका कारण ताबास्को, ओआखाका र चियापास राज्यमा बढी प्रभाव परेको छ। यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।

भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ। मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो। भूकम्पका कारण ज्यान गुमाउनेमा धेरै ओआखाकाका छन्।

त्यहाँ ४५ जनाको ज्यान गएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटीले जनाएको छ। यस्तै चियापासमा १० तथा ताबास्कोमा तीन जनाको शव भेटिएको कमिटीले जनाएको छ।भूकम्पका कारण ओआदाकाको हुचितान शहर बढी प्रभावित भएको छ।

प्रकाशन मिति–२०७४ साल भाद्र २४ गते शनिवार ।