काठमाडौ। मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भकम्प गएको छ। मेक्सिकोमा एक शताव्दीयताकै यो शक्तिशाली भूकम्प भएको त्यहांका अधिकारीहरुले बताएका छन्।

भूकम्पको धक्का २२५ माइल टाढासम्म महसुस गरिएको थियो। भूकम्पले करिब २ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् । ओसाकाका केही भवन भत्किएका छन् । हजारौं मानिस घर बाहिर निस्किएका छन् ।

भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । गत १९ सेप्टेम्बरमा पनि यही क्षेत्रमा भूकम्प जाँदा ३ सय जनाको मृत्यु भएको थियो । त्यो घटना सेलाउन नपाउँदै अर्को विपद् आइलागेको हो ।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)।

प्रकाशन मिति–२०७४ साल फागुन ५ गते शनिवार ।