Mexico Earthquake 5काठमाडौ। मेक्सिकोको दक्षिण तटीय क्षेत्रनजिकै प्रशान्त महासागरमा ८ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। हजारौ घाइते भएको अनुमान गरिएको छ।

Mexico Earthquake 6नेपालमा शुक्रबार त्यहाँको स्थानीय समयअनुसार बिहीबार राति गएको भूकम्पको केन्द्रविन्दू मेक्सिकोको पिजिजियापान सहरबाट ८७ किलोमिटर दक्षिण–पश्चिममा रहेको अमेरिकी भौगर्भिक केन्द्र युएसजीएसले जनाएको छ।

Mexico Earthquake 2

केन्द्रविन्दू जमिनको सतहदेखि ७० किलोमिटर तल रहेको छ । भूकम्पका कारण सुनामीको चेतावनी दिइएको छ। मेक्सिकोसहित ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामी आउनसक्ने चेतावनी दिइएको हो। भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महसुस गरिएको थियो ।

Mexico Earthquake 1भूकम्पको धक्का करिब एक मिनेटसम्म महसुस गरिएको जनाइएको छ । यो मेक्सिकोमा सन् १९९५ र १९८५ मा गएको भूकम्पभन्दा ठूलो मानिएको छ । (अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

Mexico Earthquake 4प्रकाशन मिति–२०७४ साल भाद्र २३ गते शुक्रबार ।