काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ। आज (शुक्रबार) बिहान देशभर सामान्यतया बदली रहेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने देशभर सामान्यतयादेखि पूर्णतया बदली हुने भएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

शुक्रबार राति भने देशभर सामान्यतयादेखि पूर्णतया बदली हुनेछ। त्यस्तै, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका तराई भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

प्रकाशन मिति –२०७९ साल भाद्र ३१ गते शुक्रवार ।