काठमाडौ । विश्वका सबैभन्दा ठूला जीवन बीमा कम्पनीहरुमध्येको  मेटलाइफले नेपालमा आफनो स्थापनाको १५ वर्ष पूूरा गरेको छ। संयुक्त राज्य अमेरिकामा स्थापित कम्पनीको शाखा कार्यालयको रुपमा मेटलाइफ सन् २००१, डिसेम्बर ५ देखि नेपालमा सञ्चालन भएको हो।

metlife-nepal

नेपालमा संचालित एक मात्र बहुराष्ट्रिय जीवन बीमा कम्पनी मेटलाइफ हो। मेटलाइफले जीवन, दुर्घटना, स्वास्थ्य, कर्जा र कर्मचारी सामूूहिक लगायत विभिन्न प्रकारका बीमा सेवाहरु प्रदान गर्दैआइरहेको छ। मेटलाइफ नेपाल नेपालका ५ अग्रणी जीवन बीमा कम्पनीहरु मध्येको एक हो।

मेटलाइफका प्रमुख जीवन बीमालेखहरुमा फयुचर केयर डी पी एस्,3 Payement Plan, शिक्षा संरक्षण योजना, लाइफ शील्ड,ग्रामीण कर्जा बीमा, कर्मचारी सामूूहिक बीमालेखहरु पर्दछन् । बढीभन्दा बढी मानिसहरुलाई बीमा सुरक्षा तथा सेवा उपलब्ध गराउन ललितपुरको पुलचौकस्थित मुख्य कार्यालय बाहेक देशका विभिन्न शहरहरुमा मेटलाइफका २२ वटा शाखा तथा एजेन्सी कार्यालयहरु संचालनमा छन्।

metlife-nepal-1

हाल नेपाल अधिराज्यभरि मेटलाइफका ११५ जना नियमित कर्मचारी र झण्डै ४,००० अभिकर्ताहरु छन् । मेटलाइफले ७ वटा कमर्सियल बैंक तथा २५ वटा माइक्रो फाइनान्स कम्पनीहरुसंग बैंक अस्योरेन्सका लागि सहकार्य गरिरहेको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।