काठमाडौ। नेपालमा जीवन बीमा कंपनीमा अग्रणी कंपनी मेटलाइफ नेपालले बुुधबार लाइफकेयर नामको नयाँ म्यादी बिमालेखको शुभारम्भ गरेको छ। यस विमालेखले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगबापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी रहेको छ।

 

नेपालमा सुरु गरिएको यस किसिमकोे बिमा योजनामा महिलाहरुका लागि विशेष किसिमले तयार सुविधाहरु एवं सामान्यतया सबैका लागि सुहाउँदो सुविधाहरु समावेश गरिएको छ। मेटलाइफ नेपालका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालको बिमाबजारको सुरक्षा रिक्ततालाई पहिचान गरी नेपालमा बढी लाग्ने घातक रोगका लागि यो योजना नेपालमा सुरुवात गरिएको बताएका छन्।

यस्ता रोगहरुले सम्बन्धित व्यक्ति र उनीहरुको परिवारलाई मानसिक र शारीरिक बोझ मात्र नदिई आर्थिक हिसाबले पनि असर गरिरहेको हुन्छ। त्यसवाट पूर्णतया सुरक्षा प्रदान गर्ने मेटलाइफ नेपालको लक्ष्य रहेको महाप्रवन्धक श्रेष्ठको भनाई रहेको छ। लाइफकेयरले यस्तो कुनै घातक रोग पत्ता लागेको अवस्थामा सम्बन्धित व्यक्ति एवं उनीहरुको परिवारहरुलाई आवश्यकताअनुसारको आर्थिक सुरक्षा र शान्ति प्रदान गर्ने श्रेष्ठले दाबी गरेका छन्।

यी २४ रोगहरुविरुद्ध रक्षावरण गर्नका लागि योजनालाई खास किसिमले दुई भागमा विभाजन गरिएको कंपनीले जनाएको छ। जसमा लाइफ केयर व्युटीफुल र लाइफ केयर ब्रेभ रहेको छ। लाइफ केयर व्युटीफुल नामको योजनालाई विशेष गरी महिलाहरुका लागि लक्षित गरिएको छ। यसमा जीवनको क्षति लगायत दश (१०) वटा महिला केन्द्रित रोगहरु, जस्तै, महिलामा हुने कारसिनोमा, छालाको कलमी, दुर्घटनाका कारण गरिने मुख सम्बन्धी शल्यचिकित्सा, स्तनक्यान्सर, पाठेघरको क्यान्सर र महिलासँग सम्बन्धित अरु क्यान्सरहरु समावेश गरिएको छ।

लाइफ केयर ब्रेभ नामको यो दोस्रो योजनामा जीवनको क्षति र सबै लिङ्गलाई समान रुपले असर गर्ने चौध (१४) वटा घातक रोगहरु जस्तै, मुख्य क्यान्सर, स्ट्रोक, हृदयघात, उच्च रक्तचाप, अन्तिम अवस्थाको कलेजो र फोक्सो सम्बन्धी रोग, मृगौला फेल हुने, कोमा, एनेमिया, बोनम्यारो ट्रान्सप्लाण्ट, वेनिङ्ग टयुमर समावेश गरिएको छ।

लाइफकेयरले सम्बन्धित व्यक्तिलाई पत्ता लागेको रोगको उपचार र स्वास्थ्य खर्चका लागि रोग र उपचारले गर्दा गुमाएको आयलाई पुनस्र्थापना गर्नका लागि लगायत निज काममा नफर्केसम्मको धितो सुरक्षणका लागि वा व्यक्तिगत ऋण रकम भुक्तानका लागि एकमुष्ठ रकम उपलब्ध गराऊँछ।

अठार (१८) देखि साठी (६०)वर्ष उमेरसम्मका व्यक्तिले १, ५, १०, १५ र २० वर्ष सम्मका लागि यस बीमालेखका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । जसमा प्रत्येक तीन महिनामा एकपटक, अर्ध वार्षिक र वार्षिक रुपमा प्रिमियम किस्ता तिर्न मिल्ने शैली अपनाइएको छ।
प्रकाशन मिति–२०७४ साल फागुन ३ गते विाहीवार ।