काठमाडौं। मेधाबी गायिका सराहना श्रेष्ठ गायिका मात्र नभइकन अव नायिका र निर्देशक समेत वनेकी छन्। विश्वव्यापी एकसाथ रिलिज भएको मन्तर मोहनी नामक गजबको म्युजिक भिडियो सार्वजनिक भएपछि सराहना मेधाबी नायिका र निर्देशक पनि बनेकी हुन्।

सराहनाकै गायन, निर्देशन तथा अभिनय रहेको गजबको म्युजिक भिडियो मन्तर मोहनीले सवैलाई मन्तर मोहनी नै बनाएको छ। आइतवार काठमाडौंको कमलपोखरी स्थित कुमारी सिनेमा हलमा फिल्मी स्टाइलमा रमाइलो पाराले विमोचन सहित सार्वजनिक भएको मन्तर मोहनीमा बाल मनस्थितिको कल्पनाको धरातललाई फिल्मी स्टाइलमा गजबले प्रस्तुत गरिएको छ।

 सराहनाको कल्पनशीलताको कार्यक्रममा सराहनाकै सानो बुवा हरिवंश आचार्य, आफ्नै बुवा मदनकृष्ण श्रेष्ठ, मुखा हानुजस्तो शिवहरि पौडेल, दीपाश्री निरौला, रविन्द्र खड्का, दिनेश डिसी लगायतका साराले तारिफै तारिफ गरेर थाकेका थिएन । बहिनीको गजबको प्रस्तुतिमय म्युजिक भिडियो हेरेर दाजु यमन श्रेष्ठ, भाउजु रिंकु बज्राचार्य श्रेष्ठ त अझ अनन्तसम्म मक्खै देखिएका थिए।

कालीप्रसाद बांस्कोटाको शव्द तथा संगीत, रिकेश गुरुङको म्युजिक एरेञ्ज रहेको गीतको भिडियोमा सराहना श्रेष्ठको लिडरोलमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अमुक अभिनय रहेको छ। साथमा पुष्प खड्का र साम्राज्ञी क्षेत्रीको पनि अभिनय छ। निर्माण गोपाल महर्जन र सराहना श्रेष्ठको रहेको छ।

सोही समारोहमा मदनकृष्ण श्रेष्ठले पचास बर्षअघि गाएको गीत प्रेम अड्डाको पनि सार्वजनिक गरिएको थियो । जसमा मदनकृष्ण श्रेष्ठको शव्द–रचना, नगेन्द्र हाडाको संगीत रहेको छ। पूजा चन्द, मदनकृष्ण श्रेष्ठ र शिवहरि पौडेलको अभिनय रहेको छ। निर्देशन सराहना श्रेष्ठकै रहेको छ।

प्रकाशन मिति–२०७८ साल फागुन २३ गते सोमवार ।