ललितपुर। ललितपुर महानगरपालिकाका बाजिगर मेयरका रुपमा ख्यातिप्राप्त मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। अपाङ्ता भएका व्यक्तिहरुको स्वावलम्बन जीवन पद्धतिको संवन्धमा व्यावहारिक योजना सहित पैरबी गर्दैआएको स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले मेयर महर्जन तथा उपमेयर शाक्यको सचिवालय पुगेरै बधाई तथा शुभकामना व्यक्त गरेको हो।

स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुका अध्यक्ष एवम् अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठको नेतृत्वमा पुगेको अपाङ्ता भएका स्वावलम्बन टोलीले नव–निर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना दिन पुग्दा मेयर तथा उपमेयर दुवैले अपाङ्ता क्षेत्रमा ललितपुर महानगरपालिकाले गर्नुपर्ने सवै कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अपाङ्गता मानवअधिकारकर्मी भोजराज श्रेष्ठले बाजिगर मेयर चिरिबाबु महर्जनलाई बोलेको कुरा पूरा गर्ने मेयरको रुपमा आफूले वितेको पाँच बर्षको कार्यकालमा पाएको प्रतिक्रिया व्यक्त गर्दैगर्दा मेयर महर्जनले अव नबोलिकन वाँकी एक एक काम पूरा गर्ने बचनबद्धता व्यक्त गरेका थिए। त्यस्तै उपमेयर शाक्यले पनि अपाङ्ता क्षेत्रमा आफूले पनि नोटिसेबल कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

प्रकाशन मिति–२०७९ साल जेठ २० गते शुक्रवार ।