काठमाडौ। वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौमा आयोजित कार्यक्रममा कामले गति लिएको दावी नै गरेका छन्।

Bidhya Sundar Shakya-Mayor of Kathmandu Metropolitan City

मेयर शाक्यले काठमाडौ महानगरपालिका वडा नंबर २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उदघाटनका क्रममा उक्त दावी गरेका हुन्। महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम शुरु भैसकेको जानकारी पनि मेयर शाक्यले दिएका छन्। ती आयोजनाका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन गरिसकेको मेयर शाक्यले भनेका छन्।

जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने आफ्नो योजना बमोजिम निरन्तर काम अघि बढ्ेको बताउंदै मेयर शाक्यले मेलम्ची खानेपानी लगायतका कारण निर्माण सामग्री जथाभावी राख्ने जस्ता कारणले काठमाडौ असुन्दर बनेको तथा महानगरवासीले दुःख पाइरहेको कुरामा आफूले पूर्णरुपमा ध्यान दिएर यसतर्फ तदारुकताका साथ कार्य भैरहेको र त्यसको व्यस्थापन कार्य पनि भैरहेको जानकारी दिएका छन्।

मेयर शाक्यले स्थानीय तहको सरकार अहिले भएको र केन्द्र र प्रदेशमा पनि एमालेको सरकार भयो भने विकास गर्न सजिलो हुने जिकिर गरेका छन्। प्रदेश र केन्द्रमा बाम–गठवन्धनका उम्मेदवारहरुलाई जिताएर पठाउन सकेमा अझ काम गर्न सहज र सरल हुने ठोकुवा समेत मेयर शाक्यले गरेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर ७ गते विहीवार ।