–सुशील सुवेदी

यो संसारमा मेरो एउटा प्रिय मान्छे छ ।
जसलाई म औधि मनपराउँछु, कहिलेकाहीँ मन परेन भने नबोलिकन गाली गर्छु, थर्काउछु र आफुलाई मनपर्ने बनाउन हदैसम्म प्रयास गर्छु ।
अरुको लागि जस्तोसुकै भएपनि त्यसैलाई म संसारमा सबैभन्दा धेरै प्रेम गर्छु र गरिरहन्छु ।

यो संसारमा मेरो एउटा सबैभन्दा शक्तिशाली मान्छे छ ।
जसको नाम सुन्दा शिर गर्वले उच्च हुन्छ,
यदि मलाई कसैको निसन्धेय भरोसा छ भने केवल तेहि मान्छेको छ ।
तेसैले त म हत्तपत्त डराउदिन ।

यो संसारमा मेरो एउटा परम मित्र छ जो मेरो जानि दुस्मन पनि हो ।
जसले मलाई परमानन्द दिन सक्छ र मलाई विक्षिप्त वनाउन सक्ने हौसियत पनि राख्छ ।

जसले म दुनियाँको नजरमा हारेको दिन बिजय उत्सव मनाउन सक्छ र मैले दुनियाँको नजरमा जितेको दिन पिडामा डुब्न पनि सक्छ ।
जसले मलाई विना कारण, विना उपलब्धि पनि

हँसाइरहन सक्छ, नचाइरहन सक्छ, फकाइरहन सक्छ, भुलाइरहन सक्छ, झुलाइरहन सक्छ, खेलाइरहन सक्छ, दौडाइरहन सक्छ ।
मनमा पिडा भएपनि, तनमा रोग भएपनि, जीवनमा अभाव भएपनि हँसाइरहन सक्छ, नचाइरहन सक्छ।

त्यो तेहि मान्छे हो,, तपाईंहरूले चिने जानेको मान्छे
जसलाई मैले म भनेर सम्बोधन गर्ने गर्दछु ।
यो संसारमा भएको मेरो एउटा प्रिय मान्छे
जसलाई मैले म भनेर सम्बोधन गर्ने गरेको छु ।


प्रकाशन मिति–२०७६ साल मंसिर २५ गते बुधवार ।