काठमाडौं। तीसको दशको युगिन गीत चुपचाप बस तिमी कही पश्चातापको आगोले जलाउंला बोलको अत्यन्त लोकप्रिय गीतको नयाँ भर्सनमा भिडियो सार्वजनिक भएको छ। युगिन गायक बीआर संगमको कालजयी गायन भएको यस गीतको नयाँ भर्सनमा सत्यराज आचार्यको गायन रहेको छ।

मेलोडी किङ शंभुजीत बासकोटाको कालजयी संगीत र बरिष्ठ गीतकार बालकृष्ण सजीवको कालजयी यस गीतको भिडियोमा ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धर, अभिनेता कृष्ण मल्लको साथमा सञ्जय अधिकारी लगायतकाको अभिनय रहेको छ।

मेलोडी किङ शंभुजीत बासकोटाकै तिलस्मी निर्देशन रहेको गीतको भिडियोमा उत्तम हुमाँगाइँको छायाँकन र प्रविण श्रेष्ठको कलर करेक्सन तथा सम्पादन रहेको छ। पारिवारिक ग्याडरिङको माहोलमा पत्नीको कलेजमेटसंगको भेटको विषयमा कथा उत्थान भएको र सोही कथावस्तु अनुसार श्रीमानले गरेको शंका–उपशंकालाई गीतको भिडियोमा देखाउने प्रयास भएको छ।

बीआर संगमको मौलिक गायन सुन्नेहरुका लागि नयाँ पुस्ताका गायक सत्यराज
आचार्यले गाएको गीतमा नयाँ स्वाद पाएतापनि पुरानो कालजयी आवाजमा मित हुन सकेको पाइदैन। यसकारण पनि भन्ने गरेको हो–ओल्ड इज गोल्ड ।

ओल्ड इज गोल्डमा न्यू टेष्ट नट् व्याड भन्नेहरुका लागि मेलोडी किङ शंभुजीत बासकोटाको यो न्यू टेष्ट ठीकै हो। बीरआर संगमको मौलिक गायन रहेको यस गीतको नयाँ भर्सन यसअघि ख्यातिप्राप्त गायिका देविका बन्दनाको गायनमा पनि आइसकेको छ। भिडियो भने आएको थिएन। यो भिडियो नै पहिलो हुन पुगेको छ।

प्रकाशन मिति–२०७८ साल असार १९ गते शनिवार ।