Gentleman Futsal News 7

काठमाडौ। सुखावती मल्टी प्रोडक्सनको आयोजनामा नेवार कलाकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता संपन्न भएको छ। शनिवार आयोजना भएको नेवार कलाकारहरुको मैत्रीपूर्ण खेलमा राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता रहेको थियो।

Gentleman Futsal News 8हारजित भन्दा मैत्रीपूर्ण तथा भाइचारापूर्ण तौरतरीकाले खेलिएको जानकारी आयोजक सुखावती मल्टी प्रोडक्सनका प्रमुख तथा अभिनेता सुरेन्द्र तुलाधरले बताएका छन्। फुटसल खेल कार्यक्रम पश्चात साँझ प्याराडाइज ब्याँकक्टिमा आयोजित कार्यक्रममा फुटसल खेलमा सहभागिता जनाउने सवै कलाकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।

Gentleman Futsal News 5

Gentleman Futsal News 6फुटसल खेलमा हास्यअभिनेत्री पल्पसा डंगोल चम्सुरी लडेर घाइते समेत बनेकी थिइन्। चम्सुरी पल्पसा डंगोल, विजुली मन्जु श्रेष्ठ, बेमान रवि डंगोल, अभिनेत्री सुनिता ठाकुर, नायिका अशिष्मा नकर्मी, भिन्तुना जोशी, गोल्डमेडलिष्ट डान्सर स्वजन रघुबंशी, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन श्रेष्ठ, उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्याय लगायतका कलाकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।

Gentleman Futsal News 4कार्यक्रममा सुरेन्द्र तुलाधरको निर्माण तथा निर्देशनमा बन्ने चलचित्र जेन्टलमेनको पोस्टर पनि लन्चिङ्ग गरिएको थियो। चलचित्र जेन्टलमेन चाँडै नै निर्माण हुने र यस चलचित्रमा एक जेन्टलमेन नायक र चार नायिकाको गजबको कथावस्तु रहेको पनि निर्देशक तुलाधरले भनेका छन्।

Gentleman Futsal News 1 Gentleman Futsal News 2प्रकाशन मिति–२०७४ साल जेष्ठ २० गते शनिवार ।