काठमाडौं। नेपालका पूर्व सैनिक अधिकृत तथा दोश्रो संविधानसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार खगेश रञ्जितकार र समाजसेबी तथा साधना फेसन होमकी एमडी साधना रञ्जितकारकी मोडल तथा मेकअप आर्टिष्ट सुपुत्री सञ्जु रञ्जितकार बैबाहिक जीवनमा बाँधिने भएकी छन्।

मोडल तथा मेकअप आर्टिष्ट सञ्जु रञ्जितकारको होटेल अन्नपूर्णका सेफ तथा मोडल अभिलेश श्रेष्ठसंग बिबाह हुने भएको छ। दुवैवीच विवाहको मगनी भैसकेको छ। दुवैवीच यही हप्ता विवाह हुने पक्का भएको छ।

आधुनिक युगकी नयाँ सोच र विचारकी सेलिब्रेटी सञ्जुले अभिलेशसंग विवाह गर्न श्रीस्वस्थानीको महिनौ दिनसम्म ब्रत लिएको जानकारी सञ्जुको पिता पूर्वसैनिक अधिकृत खगेश रञ्जितकारले भिजन संसार डटकमलाई बताएका छन्।

सञ्जु रञ्जितकार मिस नेवाःट्यालेन्ट, साधना ब्युटी होमको प्रोप्राईटर तथा मेकअप आर्टको तालिम प्रशिक्षक समेत हुन। उनी रेक्स फेशन होमको सिइओ तथा रयाम्प कोरियोग्राफर रेक्स रञ्जितकारका सहोदर दिदी पनि हुन।


प्रकाशन मिति–२०७६ साल फागुन ७ गते बुधवार ।