काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा मोडल मेकअप कन्टेस्ट संपन्न भएको छ। काठमाडौंको खिचापोखरी स्थित इन्द्रेणी सीप प्रशिक्षण केन्द्रको आयोजनामा शुक्रवार मोडल मेकअप कन्टेस्ट भएको हो।

काठमाडौंको टेकुस्थित सासा ब्याङ्वीटमा आयोजित उक्त कन्टेस्टमा सर्वोत्कृष्ट मोडल मेकअप आर्टिष्ट  रोमा श्रेष्ठ बन्न सफल भएकी छन्।

मोडल सिमरनलाई नेपालकी जीवित देवी कुमारीको प्रारुपमा सोही बमोजिमको संपूर्ण ड्रेसअमा सर्वोत्कृष्ट मेकअप गर्ने कार्य रोमावाट भएको थियो।

त्यसरी कुमारीको प्रारुपमा मेकअप गराउन पाउंदा आफू साँच्चै जीवित देवी कुमारी नै भएको अनुभव भएको मोडल सिमरनले भिजन संसार डटकमलाई प्रतिक्रिया दिएकी छन्।

कन्टेस्टमा फस्ट रनरअप मेकअप आर्टिष्ट अनिमा महर्जन र सेकेण्ड रनरअप संगीता खत्री बनेकी थिइन्। सातजना मेकअप आर्टिष्टहरुले मोडल मेकअप कन्टेस्टमा भाग लिएका थिए।

बरिष्ठ सौन्दर्यविज्ञ डाक्टर राजश्री श्रेष्ठ,एक्सपोज नेपालकी सीइओ अर्चना बस्नेत, भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत तथा मोडल एवम् नायिका स्वस्तिका राजभण्डारीको निर्णायक मण्डल रहेको थियो।

आयोजक इन्द्रेणी सीप प्रशिक्षण केन्द्रकी प्रमुख चर्चित मेकअप आर्टिष्ट रमिता श्रेष्ठले यसप्रकारको कार्यक्रमले मेकअप आर्टिष्टहरुमा रहेको क्षमता विकासमा अभिबृद्धि भएको बताइन्। कन्टेस्टलाई बडा रोचक ढंगले प्रस्तुत गर्ने कार्य बरिष्ठ कार्यक्रम प्रस्तोता दीपक लामिछानेवाट भएको थियो।

Photo By-Asha Kaji Maharjan
प्रकाशन मिति–२०७५ साल भदौ २२ गते शुक्रबार ।