काठमाडौ । आइतवारवाट दुई दिन सिंहदरवार घेराउमा रहेको संयुक्त मोर्चा संघीय गठवन्धनले मंगलवारवाट सिंहदरवार घेराउ नगरिकन बालुवाटार घेराउ गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष दवाव दिने उदेश्यले प्रधानमन्त्री निवास बालुवाटार नै घेराउ गर्ने निर्णय भएको गठवन्धनका प्रवक्ता परशुराम तामाङ्गले बताए।

Singhdarbar Gherau 1

आन्दोलनमा सरकारी दमन भएको भन्दै त्यसको निन्दा र भत्सर्ना गरेको छ । गठवन्धनको तर्फबाट प्रवक्ता परशुराम तामाङले विज्ञप्ति जारी गरी सरकारले आन्दोलन दबाउने नाममा आन्दोलनको पहिलो चरणको अन्तिम कार्यक्रम ‘सिंहदरबार घेराउ’ मा सहभागी हुनआइरहेका हजारौं नेता, कार्यकर्ता तथा सहभागीहरु चढेको यातायातको साधन प्रहरी लगाई ७, ८ घण्टासम्म एक ठाउँमा रोकीराख्ने, अनावश्यक प्रश्नगरी हैरान गर्ने, झण्डा ब्यानर खोस्ने, शान्तिपूर्ण भेला हुदै गरेका कार्यकतालाई धरपकड गर्र्नेे, खानतलासी गर्ने, द्वन्दकाल सम्झाउने शैलीमा बस मोटरबाट ओराली लाइन लगाएर चेकजाँच गर्नेजस्ता विश्वव्यापी रुपमा स्वीकृत विना रोकतोक एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रतापूर्वक आवतजावत गर्नुपाउने नागरिक अधिकार विरोधी घृणित कार्य गरेको आरोप लगाएका छन् ।

Singhdarbar Gherau 2प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।