आयोजक मोहना क्षेत्री
आयोजक मोहना क्षेत्री

काठमाडौ। आँगनमा आइसकेको नेपालीहरुको महान पर्व दशैंको अवसरमा दशैं उत्सव फेसन शो हुने भएको छ। यही असोज १५ गते काठमाडौको टेकु स्थित बिजनेश पार्कमा दर्शै उत्सव फेसन शो हुने जानकारी आयोजक मोहना क्षेत्रीले भिजन संसारलाई दिएकी छन्।

dashain-uttasav-fashion-show

यसै बर्ष मात्र हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा तीज उत्सव फेसन शो गरेर निक्कै चर्चा कमाएकी मोहनाको आयोजनामा दशैं उत्सव फेसन शो हुन लागेको हो। जसमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवीको अग्रज क्याटवाक देखि नयाँ पुस्ताका आशिष्मा नकर्मी, बर्षा शिवाकोटी, दीपक घिमिरे देखि मध्य पुस्ताका क्षितिजा शाक्य, कला सुव्वाहरुको पनि बेजोड स्टाइलमा बेग्लै फेसनेवल क्याटवाक हुने भएको छ।

साथमा लाखे व्याण्डको अलावा कुन्ती मोक्तान, सपन श्रेष्ठ, सिर्जना गुरुङ्ग, विपासना खनाल लगायतका सेलिब्रेटीहरुको फिचरिङ्ग हुने भएको छ। कोरियोग्राफीको जिम्मेवारी प्रतिमा श्रेष्ठले लिएकी छन्।
प्रकाशन मिति–२०७३ साल असोज ११ गते मंगलवार ।