काठमाडौँ। हास्यअभिनेता हरिवंश आचार्यका सुपुत्र मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको गीत सार्वजनिक भएको हो।

जसमा मोहितलाई गायिका मेलिना राइले गायनमा साथ दिएकी छन्। दीपक शर्माको संगीत रहेको गीतमा श्यामस्वेत रसाइलीको एरेन्ज छ। डान्सिङ फ्लेबरको गीतमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन्।

विक्रम स्वारले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गर्दा सम्पादनको जिम्मेवारी भुपेन्द्र अधिकारीले सम्हालेका छन्।

 

प्रकाशन मिति–२०७९ साल असार १० गते शुक्रवार ।