ललितपुर। कला–संस्कृति र पहिचानको उर्वर शहर तथा धर्तीमा अन्न उब्जनी गरेर समृद्ध गर्ने धर्तीपुत्रहरुको गर्बिलो नगरी ललितपुरको पहिचान भन्नु नै ललितकला र ज्यापु संस्कृति तथा पहिरन नै हो।

यस पहिचान तथा पहिरनलाई संवद्र्धन र संरक्षण प्रदान गर्नका लागि ज्यापु समाज यल अहोरात्र कार्यरत रहेको खुलासा ज्यापु समाज यलकी प्रथम सह–सचिव सरिता महर्जनले भिजन संसार समक्ष खुलासा गरेकी छन्।

पहिचानको मुददामा अग्रपंक्तीमा रहेको ज्यापु समाज यलले ललितपुरका आदिवासी ज्यापुहरुको पहिचानरुपी ज्यापु संग्रहालय पनि  ललितपुरको च्यासलमा संचालनमा ल्याइएको जानकारी पनि प्रथम सह–सचिव महर्जनले दिएकी छन्।

अघिल्लो हप्ता मात्र पोखराको घान्द्रुकको अध्ययन भ्रमणमा गएर आएकी प्रथम सह–सचिव महर्जनले त्यहाँ गुरुङ समुदायले आफ्नो जातिय पहिचानको लागि पहिरन भाडामा दिएर फोटो खिचाउन दिने कार्यवाट प्रभावित बनेकी छन्।

नगद १ सय रुपैया लिएर जातिय पहिचानको पहिरन लाउन पाउने त्यो व्यवस्था ज्यापु समाज यलको तत्वाधानमा निकट भविष्यमा ललितपुरको मंगलवजारमा शुभारम्भ गर्ने योजना राखेको पनि प्रथम सह–सचिव महर्जनले भनेकी छन्।

ललितपुर महानगरपालिका सामुदायिक विकास शाखाकी अधिकृत समेत रहेकी महर्जनले यस कार्यवाट ललितपुरको मौलिक पहिचानको प्रबद्र्धन हुने जिकिर गरेकी छन्।
प्रकाशन मिति–२०७५ साल जेठ १७ गते विहीवार ।