Madonna 1काठमाडौ । हलिउडको सेक्सी गायिकाको रुपमा विश्वविख्यात गायिका म्याडोनाले विभिन्न महत्वपूर्ण च्यारिटीमा पहिरेका पहिरनलाई लिलामीमा राख्ने गरेकी छन् । उनको पहिरनले लिलामी बजारमा महंगो मूल्य पाउने गरेको छ । विशेषत म्याडोनाले लगाउने भित्री बस्त्रहरुको लिलामीमा हारलुछ नै हुने गरेको लिलाम गर्ने जुलियन अक्सन्स डटकमले जनाएको छ ।

Madonna 2

म्याडोनाको वेडिङ ड्रेससहित अन्य पहिरनमो सबैभन्दा बढी मूल्य चलचित्र डेस्परेट्लि सिकिङ सुसानमा उनले लगाएको ज्याकेटले पाएको छ। उक्त ज्याकेटको मूल्य २ लाख ५२ हजार अमेरिकन डलरमा हालै लिलामी भएको छ ।

त्यसमा लगाइएको इयर रिंग ३४ हजार ३ सय ७५ डलरमा लिलाम गरिएको छ । एक एल्बमको म्युजिक भिडियोमा म्याडोनाले लगाएको पहिरनले ७३ हजार १ सय २५ डलर पाएको छ भने अन्य चलचित्र एवं विभिन्न कार्यक्रमहरूमा लगाएका थुप्रै पहिरनले हजारौं डलर पाएका छन्।

प्रकाशन मिति–२०७२ साल माघ १६ गते शनिवार ।