काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेलको यो बर्षको नयाँ गीतको बोल नै काँडा उम्रियो रहेको छ । नेपाली पप म्युजिक फ्लेवरको गजबको नेपाली आधुनिक गीत गायक पोखरेलको काँडा उम्रियो हो।

यो गीतको म्युजिक भिडियो सोमवारवाट विश्वव्यापी एकसाथ रिलिज भएको छ। पश्चिम नेपालका सुन्दर नगर पोखरा लगायतका रमणिय स्थानहरुमा छायाँकन भएको गीतको भिडियोमा तन्नेरी पुस्ताको मायामा आकर्षण र समर्पण कथावस्तुमा रोमाञ्चक ढंगवाट गजबले प्रस्तुत गरिएको छ।

दीपक शर्माको काँडा उम्रिने गीत–संगीतमा यो बर्ष गायक पोखरेलको गायनमा बेग्लै आवाज र दम पाइएको छ । जिवेश गुरुङ, स्मारिका ढकाल लगायतकाको बुलन्द अभिनय रहेको गीतको भिडियोमा मिलन शंकरको छायाँकन र सम्पादन प्रविण भट्टको रहेको छ। निर्देशन नेत्र गुरुङले गरेका छन ।

प्रकाशन मिति–२०७८ साल मंसीर २८ गते मंगलवार ।