काठमाडौं। कोभिड–१९ को महामारीको कारण नेपाली चलचित्र उद्योग विगत डेढ बर्षयता चलायमान हुन सकिरहेको अवस्था छैन्। सरकारले चलचित्र हल चलाउन स्वीकृति दिएको अवस्थामा पनि चलचित्र हलले दर्शक तथा चलचित्र दुवै नपाएको कारण चलचित्र हल खुल्न सकेको छैन्।

यस्तो अवस्थामा चलचित्र क्षेत्रका कलाकार तथा प्राविधिकहरुलाई विभिन्न गीतका म्युजिक भिडियोहरुको निर्माणले केही हदसम्म भएतापनि सहयोग गर्ने कार्य हुंदैआएको छ। यसैक्रममा गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुराउने उदेश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले…’ बोलको भिडियो निर्माण गरेर सार्वजनिक गरेको छ।

लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको मनछुनि गीतको भिडियोमा निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ। निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ।
प्रकाशन मिति–२०७८ साल असोज ४ गते सोमवार ।